असोज १८, २०८२, शनिबार

उत्तरकाशीको बाढीमा एक दर्जनभन्दा बढी नेपाली बेपत्ता


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

सुर्खेत । गत मंगलबार भारतको उत्तराखण्डको उत्तरकाशीको धरालीमा गएको भीषण बाढीमा परी जाजरकोट र जुम्लाका ७ जनाको मृत्यु भएको छ भने कैयौं बेपत्ता भएको खुलेको छ । 

जाजरकोटको कुशे गाउँपालिकाले विज्ञप्ति जारी गरी बेपत्ता भएकाहरूको खोजीका लागि आवश्यक कूटनीतिक पहल गर्न संघीय सरकारलाई आग्रह गरेको छ ।

बाढी पहिरोमा परेर १३ जना भन्दा बढी बेपत्ता रहेको परिवारका सदस्यले जानकारी दिएको गाउँपालिकाले जानकारी दिएको छ । 

यस विषयमा परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म औपचारिक जानकारी दिएको छैन । 

उत्तरकाशीको बाढीमा सय भन्दा बढी बेपत्ता रहेको बताइएको भए पनि अहिलेसम्म स्पष्ट आँकडा बाहिर आएको छैन ।  

Copyright © 2024 | All rights reserved.