भदौ ०४, २०८२, बुधबार

हिमालय क्लबद्वारा मानव सेवा आश्रमलाई आर्थिक सहयोग


Advertisement Image
clock icon 1 week, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं  १६ बाटुलेचौरस्थित हिमालय क्लबले हेमजास्थित मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ ।

क्लबको वार्षिक कार्यक्रमअन्तर्गत हेम्जा पुगेर १५ हजार रुपैयाँ नगद आर्थिक सहयोग गरेको सूचना अधिकारी शिवराज देवकोटाले जानकारी दिए । 

क्लबका निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक सुशील बस्नेत, अध्यक्ष मोहन थापा, मानार्थ सदस्य बेनीबहादुर बस्नेतले आश्रमका व्यवस्थापक सम्झना बर्तौलालाई रकम हस्तान्तरण गरेका थिए ।

क्लब अध्यक्ष मोहन थापाले राज्यले गर्नुपर्ने दायित्व नागरिक स्तरबाट सञ्चालन भएको आश्रमले गरिरहेकोमा प्रशंसा गरे । उनले सबैको सहयोगबाट नै आश्रम सञ्चालनमा सहज हुने बताए ।

आश्रम व्यवस्थापक बर्तौलाले विभिन्न सामाजिक संघसंस्था र सेवा भावले नै आश्रम सञ्चालन भइरहेको बताइन् ।

सोही अवसरमा आश्रम सञ्चालन सहयोगार्थ क्लबका मानार्थ सदस्य बेनीबहादुर बस्नेतले १० हजार, सल्लाहकार खिमलाल अधिकारीले १० हजार सहयोग गरे  ।

यस्तै सल्लाहकार कुमार श्रेष्ठले पाँच हजार, हिमालय कृषि सहकारीका सञ्चालक समिति सदस्य झलक थापा मगरले पाँच हजार, बाटुलेचौर हिमालय सहकारीका अध्यक्ष दुर्गालाल श्रेष्ठले दुई हजार पाँच सय, ईन्दु भट्टराईले दुई हजार, ईन्दिरा पोखरेल तिमिल्सिनाले दुई हजार, मीना गुरुङले दुई हजार, शारदा तिमिल्सिना, रूद्रबहादुर थापा, बुद्धिबहादुर बानियाँ, पुष्पराज अधिकारी, रामनाथ पौडेललगायतले पनि उक्त अवसरमा सहयोग गरेका थिए । आश्रमको हेम्जा शाखामा एक सय ८० जना र छोरेपाटन शाखामा ९३ जना आश्रित छन् ।

Copyright © 2024 | All rights reserved.