असोज १८, २०८२, शनिबार

पोखरामा सुनको भाउ प्रतितोला दुई लाख रुपैयाँ नजिक


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुन अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।

आज शुक्रबार छापावाल सुन तोलामा एक हजारले बढेर प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले जनाएको छ । 

यसअघि बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि साउन २० गते सुन प्रतितोला एक लाख ९८ हजार पाँच सयमा कारोबार भएर अहिलेसम्मकै उच्च मूल्य कायम भएको थियो ।

आज पोखरा बजारमा सुनको भाउ एक लाख ९९ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।

यस्तै, आज असली चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर दुई हजार तीन सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलाको दुई हजार तीन सय १५ मा कारोबार भएको थियो ।

आज पोखरामा चाँदीको भाउ प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँ कायम भएको छ । 

Copyright © 2024 | All rights reserved.