0
प्रतिक्रिया
पोखरा । पर्यटन यातायात सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश तथा नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशले पोखरामा पर्यटन यातायात क्षेत्रका चालक, सहचालक तथा व्यवसायीलाई तालिम दिइएको छ ।
एक दिवसीय तालिममा एक सय ४५ जना सहभागी थिए । सहभागीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयका तर्फबाट राजकुुमार केसी, विद्युतीय सवारी साधनका सम्बन्धमा सासिला मोटर्सका प्रमुख सन्तोष खतिवडा, आथित्यता सम्बन्धमा तारागाउँ रिसोर्टका कार्यालय प्रमुख शिवराम ढकाल र इन्स्योरेन्स सम्बन्धमा नेपाल इन्स्योरेन्स गण्डकी प्रमुख राजेश श्रेष्ठलगायतले प्रशिक्षण दिएका थिए ।
तलिम उद्घाटन गर्दै पोखरा भ्रमण वर्ष कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराईले पर्यटक यातायात सेवालाई व्यवस्थित गराउनका लागि तालिम महत्वपूर्ण बन्ने बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले सवारी चालक तथा सहचालकले गर्ने व्यवहारले यहाँ आउने पर्यटकमा प्रत्यक्ष प्रभाव पार्ने बताउँदै मिठो बोली र राम्रो व्यवहार हुनुपर्नेमा जोड दिए ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेश अध्यक्ष दुुर्गादत्त दाहालले पर्यटक यातायातमा कार्यरत कर्मचारीले गर्ने व्यवहारले पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने कुरालाई दृष्टिगत गर्दै तालिम दिइएको बताए । संघले यस वर्ष बाग्लुुङ, पर्वत, म्याग्दी र मुस्ताङका व्यवसायी समेटेर क्षमता अभिबृद्धि तालिम गर्ने उनले जानकारी दिए ।
पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारीले पर्यटक सवारीका चालक तथा सहचालकले गर्ने व्यवहार, बोल्ने बोलीले आतिथ्यता झल्काउने बताउँदै राम्रो व्यवहारले सबैलाई फाइदा पुग्ने धारणा राखे ।
संघका अध्यक्ष दाहालको अध्यक्षता भएको कार्यक्रममा प्रथम उपाध्यक्ष रविप्रसाद आचार्यले स्वागत, महासचिव विकास कंडेलले सञ्चालन र सल्लाहकार बोबरजंग गुुरुङले तालिमका विषयवस्तु बारे प्रकाश पारेका थिए ।
कार्यक्रममा सासिला मोटर्सका प्रमुख सन्तोष खतिवडा, शुभ स्वाभिमान अटो मार्ट गण्डकी प्रदेश अध्यक्ष केदार पौडेललगायतले बोलेको थिए ।
Copyright © 2024 | All rights reserved.