भदौ ०४, २०८२, बुधबार

केन्यामा बस दुर्घटनामा २५ जनाको मृत्यु


Advertisement Image
clock icon 1 week, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । केन्यामा बस दुर्घटनामा २५ जनाको मृत्यु भएको छ। बसमा सवार व्यक्तिहरू एक व्यक्तिको अन्त्येष्टिबाट फर्किरहेको बताइएको छ ।

स्थानीय अधिकारीले दुर्घटनामा २५ जनाको मृत्यु भएको र २० जना घाइते भएको जानकारी दिएका छन् ।

केन्याको किसुमु-काकामेगा राजमार्गमा बसले नियन्त्रण गुमाएपछि बस सडकबाट खसेर खाल्डोमा पल्टिएको बताइएको छ ।

प्रहरीले मृत्यु हुनेमा १० महिला, १० पुरुष र एक बालिकाको घटनास्थलमै मृत्यु भएको र अन्यको ४ जनाको उपचारको क्रममा मृत्यु भएको बताएको छ ।

दुर्घटनामा २० यात्रु घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर भएको बताइएको छ ।

 

Copyright © 2024 | All rights reserved.