असोज १८, २०८२, शनिबार

कैलाली कारागार झडप: गम्भीर घाइतेलाई उपचारका लागि काठमाण्डौं लगिँदै


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप प्रकरणलाई गृह मन्त्रालयले परिस्थितिलाई सहज बनाउन गम्भीरता पुर्वक सुक्ष्म रुपले हेरिरहेको छ ।

कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीबिच झडप भएर एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि शनिबार गृहमन्त्री रमेश लेखकले गृहसचिवसहित तीन वटा सुरक्षा निकायका प्रमुखसित घटनाको समग्र अवस्थाबारे जानकारी लिनुका साथै परिस्थिती सहज बनाउने विषयमा छलफल गरेका छन् ।

छलफलमा सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेका एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाण्डौं लैजाने तयारी गरिएको छ । त्यसका लागि गृह मन्त्रालयले सुर्खेतमा रहेको नेपाली सेनाको स्काइ ट्रक धनगढी पढाइसकेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

उनले भने- 'कारागारको पुर्ण सुरक्षा र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पार्नेछन् । झडपमा परी घाइते भएका अन्य घाइतेहरुको उपचारको प्रवन्ध मिलाइएको छ ।' बैठकमा कारागारको आन्तरिक सुरक्षा लगायतका विषयमा छलफल भएको थियो ।

Copyright © 2024 | All rights reserved.