0
प्रतिक्रिया
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ साउन २५ गते आइतबार, इस्वीसंवत अगष्ट ९ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रपदकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रपदकृष्णपक्षको प्रतिपदा तिथि दिनमा १२ः४३ बजेसम्म त्यसपछि द्धितीया तिथि लाग्नेछ । नक्षत्रमा धनिष्ठा दिनमा ३ः२८ बजेसम्म त्यसपछि शतभिषा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शोभन ५२ घटि ५१ पलासम्म त्यसपछि अतिगण्ड योग लाग्नेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा मातंग रहनेछ ।
सूर्य कर्कट राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । आज दिनमान ३३ घटि १ पला अर्थात १३ घण्टा १४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहानमा ५ः३२ बजे रुद्र मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझमा ठीक ६ः४५ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय साँझमा ७ः३६ बजे र अस्ताउने समय भोलि बिहानमा ६ः१३ बजे रहेको छ । आज गाईजात्रा पर्व परेको छ ।
आजको राशिफल
मेषः आज सफलताले प्रतीक्षा गरिरहेको दिन हो, त्यसैले सानातिना कुराहरूको बेवास्ता गर्दै ठूला र राम्रा काम बनाउने प्रयास गर्नुपर्छ । मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । मन कल्पना र भावनामा अलमलिन सक्छ । हरेक समय आत्मिक आनन्द र मानसिक शान्तिका लागि प्रयास गर्ने समय हो ।
बृषः आज रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाती हुन्छ । शरीर त स्वस्थ रहने छ, तर चिन्तामा बृद्धि हुने दिन हो । आफन्तको व्यवहार देखेर दिक्क लाग्न सक्छ, तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ, आफ्ना विषयवस्तुमा अरुले अधिकार जमाउन सक्छन् । प्रगतिका निमित्त सचेत र संयम हुनु ठीक हुन्छ ।
मिथुनः आज सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ । मन अत्यधिक उत्साही र फुर्तिलो रहनेछ । ससाना यात्रा सुखद र फलदायी हुनेछन् । घरपरिवारमा सम्पर्क राखी खैखबर बटुल्ने समय हो । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो ।
कर्कटः आज कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यसँग सुमधुर सम्बन्ध कायम हुनेछ । अभिव्यक्ति कौशलमा निखार आउने छ, अध्ययनप्रतिको लगावले व्यक्तित्व विकासको सुअवसर मिल्नेछ, आजको मिहिनेतले प्रतिस्पद्र्धाको दौडमा अग्रणी हुन सकिने छ । कलारकविता र साहित्यमा रुचि बढ्नसक्छ । नचिताएको धन हातमा आइपुग्ने अथवा रोकिएको धनले गति समात्ने समय हो । स्थिर कारोबारका माध्यमबाट ठोस लाभ हुने दिन भएकाले लगानी बढाउन सक्नुहुन्छ ।
सिंहः आज काम जोखिमपूर्ण देखिए पनि कार्यसम्पादनमा सहजता हुनेछ, अझ सिनियर वा अनुभवीको साथ पाउनाले आफ्नो कार्यक्षमता र प्रतिभा तिखार्ने अवसर मिल्नेछ । मानसिक शान्तिको आभास हुनेछ, पार्टनरले तपाईंको भावना बुझ्नेछन्, कतै एकान्त स्थलमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । आन्तरिक सम्बन्धमा सुमधुरता आउने तथा साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ ।
कन्याः आज पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोला, नत्र आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो । उच्चकोटिको प्रेम भावनाको उदय हुने दिन हो, जीवनसाथी वा प्रेमीरप्रेमिकासँग निकटता बढ्नेछ । सुखसुविधाका सामाग्री वा कुनै यन्त्ररउपकरण आदि किनमेल गर्न धन खर्च हुनसक्छ । सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ ।
तुलाः आज दाजुभाइ र बन्धुबान्धवका बीचमा उन्नतिरप्रगतिको चर्चा हुनेछ, तपाईंको परिश्रमको प्रशंसा हुने वा कमजोरीको विश्लेषण गर्दै सुझाव प्राप्त हुने समय छ । जीणरेद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ, तर प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन हो । पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो, कामविशेषले कतै काजमा जाने वा देशरविदेशको यात्रामा निस्कने संयोग जुरेको छ ।
बृश्चिकः आज फुर्सद निकालेर घरपरिवार सम्पर्क गर्ने वा फोनमै भए पनि विचाररविमर्श गर्ने दिन हो । नवीन रोजगारी वा व्यापारको योजना छ भने काम थाल्नु उचित हुन्छ । नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो ।
धनुः आज जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ । परिश्रम र मिहिनेत गरेअनुरूप भाग्यबृद्धि गर्ने दिन हो, धार्मिक वा आध्यात्मिक विषयको कुनै जानकारी प्राप्त गरेमा समेत ज्ञानबृद्धिमा सघाउ पुग्नेछ ।
मकरः आज जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी संयमताका साथमा आफ्नो कामलाई निरन्तरता दिनुहोला । सहकर्मीहरूसँग समन्वय गरी अघि बढ्ने समय हो, याद राख्नुपर्छ, आज दबाब वा करकापमा गरेको कामले भविष्यमा धोका हुनसक्छ । पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ ।
कुम्भः आज कल्पनाशील र भावुक बन्ने दिन हो, फाल्तु कुरामा समय बिताउनुभन्दा काममा ध्यान दिने समय हो । थालेको कामलाई पूर्ण गर्ने प्रयास गर्नुपर्छ, नत्र तपाईंका अपेक्षाहरूमा कमी आउनसक्छ । पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ, सबैले सम्मान गर्नेछन्, समयमै कार्य सम्पन्न हुनाले मन हलुका र आनन्दित बन्नेछ, पारिवारिक सुखको योग बनेको छ । प्रेमभाव प्रकट गर्न अनुकूल समय छ, पार्टनरको इच्छानुसार चल्नुपर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्त्वपूर्ण काम बेलैमा गरिहाल्नु ठीक हुनेछ
मीनः आज गरेको मिहिनेतले सार्थक परिणाम प्राप्त हुनेछ, साथै प्रभाव र प्रभुत्व बढ्ने समय छ । तर हडबड र शीघ्रता शत्रु बन्नसक्छन् । घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । पढाइमा परिश्रम गरे अनुसार प्रतिफल पाइनेछ । सिर्जनात्मक क्रियाकलापमा समेत संलग्न भइने छ, साहसी वा पराक्रमी काममा पनि मन जानसक्छ ।
साहित (यात्रा): सूर्य कर्कट राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, पश्चिम र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः२९ बजेदेखि ७ः०९ बजेसम्म उद्धेग बेला
बिहान ७ः०९ बजेदेखि ८ः४९ बजेसम्म चर बेला
बिहान ८ः४९ बजेदेखि १०ः२९ बजेसम्म लाभ बेला
बिहान १०ः२९ बजेदेखि १२ः०९ बजेसम्म अमृत बेला
दिनमा १२ः०९ बजेदेखि १ः४९ बजेसम्म काल बेला
दिनमा १ः४९ बजेदेखि ३ः२९ बजेसम्म शुभ बेला
दिनमा ३ः२९ बजेदेखि ५ः०९ बजेसम्म रोग बेला
दिनमा ५ः०९ बजेदेखि ६ः४८ बजेसम्म उद्धेग बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः४८ बजेदेखि ८ः०८ बजेसम्म चर बेला
साँझ ८ः०८ बजेदेखि ९ः३३ बजेसम्म लाभ बेला
राति ९ः३३ बजेदेखि १०ः४९ बजेसम्म अमृत बेला
राति १०ः४९ बजेदेखि १२ः०९ बजेसम्म काल बेला
राति १२ः०९ बजेदेखि १ः२९ बजेसम्म शुभ बेला
राति १ः२९ बजेदेखि २ः५० बजेसम्म रोग बेला
रातिमा २ः५० बजेदेखि ४ः१० बजेसम्म उद्धेग बेला
रातिमा ४ः१० बजेदेखि ०५ः३० बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।
Copyright © 2024 | All rights reserved.