भदौ ०४, २०८२, बुधबार

पोखरामा आज बिहानैदेखि वर्षा, दिनभर कस्तो होला ?


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । आइतबार बिहानैदेखि पोखरामा वर्षा भइरहेको छ । पोखरामा शनिबार राति ११ बजेदेखि सुरु भएको थियो । 

आज बिहान ७ बजे पोखराको तापक्रम २४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम् २९ डिग्री पुग्ने अनुमान गरिएको छ । 

आज पोखरामा १० बजेसम्म वर्षा हुनेछ भने दिउँसो १२ बजे, दिउँसो २ देखि ३ बजे, साँझ ५ बजे, ७ देखि ८ बजे, राति १० देखि ११ बजेबीच वर्षा हुने अनुमान गरिएको छ । 

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले गण्डकी, बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

बागमती प्रदेशका केही स्थान र गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेशलगायत सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने गण्डकी, कोशी, बागमती प्रदेशको पहाडी भूभागका केही स्थान र मधेश प्रदेशलगायत देशका बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टा मनसुनको समय भएकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरको छ ।

Copyright © 2024 | All rights reserved.