भदौ ०४, २०८२, बुधबार

एएफसी यू-२० महिला एसियन कप छनाेटमा आज नेपालले उत्तर कोरियाको सामना गर्दै


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। नेपालले आज एएफसी यू-२० महिला एसियन कप छनाेटअन्तर्गत उत्तर कोरियाको सामना गर्दैछ । यो खेल आज नेपाली समय अनुसार १:४५ बजेदेखि शुरु हुने छ । 

यसअघि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरबलाई १-० गोल अन्तरले पराजित गरेको थियो । नेपाल समूह ए मा अहिले दुइ खेलमा अपराजित रहँदै चार अंकसहित दोस्रो स्थानमा छ ।

त्यस्तै उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानलाई १०-० गोल अन्तरले पराजित गरेको थियो ।

समुह ए बाट भुटान र साउदी अरेबिया छनाेटको दौडबाट बाहिरिएका छन् भने नेपालले आफ्नो सम्भावना कायम राख्न उत्तर कोरियालाई पराजित गर्ने वा बराबरी खेल्ने विकल्प छ ।

नेपाल शीर्ष स्थानमा पुग्न उत्तर कोरियालाई २५ गोलको अन्तरमा पराजित गर्नुपर्ने अवस्था छ, जुन सम्भव देखिँदैन । यस अवस्थामा नेपालले सामान्य जित र बराबरीको विकल्प लिएर मैदानमा उत्रिने छ ।   

आठ समूहको शीर्ष स्थानमा रहने देश एएफसी यू-२० महिला एसियन कपका लागि छनाेट हुने छन् भने हरेक समूहको दोस्रो स्थानमा रहेका शीर्ष तीन देश पनि एशिया कपका लागि छनेट हुनेछन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू-२० महिला एसियाली कप छनोटका लागि बिर्साना चौधरीको कप्तानीमा २३ सदस्यीय टिम भुटान पठाएको छ ।

नेपाली टिम:

गोलकिपर: लिला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ ।

डिफेन्डर: सरिता कुमारीनाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पण्डक, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई र सीता रोकाया ।

मिडफिल्डर: कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी (सी) र सेनु परियार ।

फरवार्ड: कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

Copyright © 2024 | All rights reserved.