असोज १८, २०८२, शनिबार

पोखरामा मोटरसाइकल दुर्घटनाः खेम र जीवनको मृत्यु, उमेशलाई काठमाडौं लगियो


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ३० खुदीमा शुक्रबार राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका वडा नं २ माझकोट घर भइ हाल पोखरा-३० खुदी बस्ने ३५ वर्षीय खेमबहादुर गुरुङ र रूपा-४ माउडाँडा घर भई हाल खुदी नै बस्ने ३३ वर्षीय जीवन मल्ल छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका खेमको गण्डकी मेडिकल कलेज र जीवनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ । 

साथै सोही दुर्घटनामा घाइते भएका खुदी बस्ने ३० वर्षीय उमेश ठकुरीको हाल काठमाडौंमा उपचार भइरहेको बताइको छ ।

प्रहरीका अनुसार शुक्रबार राति करिब ११ः१५ बजे शिशुवा-सातमुहाने भित्री सडकखण्डअन्तर्गत तावाको मुखबाट शिशुवातर्फ आउँदै गरेको ग७प ८८५० नम्बरको जीवनले चलाएको भीआर र विपरीत दिशातर्फ जाँदै गरेको ग८प ३८७१ नम्बरको खेमले चलाएको बुलेट मोटरसाइकल खुदीमा एकापसमा ठोक्किएर दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा घाइते भई उपचाररत उमेश जीवनले चलाएको मोटरसाइकलको पछाडि सवार थिए । 

दुर्घटनालगत्तै वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको टोलीले दुर्घटनाका घाइतेलाई उद्धार गरी उपचारका लागि मोहोरिया सामुदायिक अस्पताल र प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल शिशुवा पठाइएको थियो । त्यसपछि उनीहरुलाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको थियो । 

Copyright © 2024 | All rights reserved.