0
प्रतिक्रिया
पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कांग्रेस कास्की क्षेत्र नं १ का सचिव सरोज केसीले कांग्रेस नेता एवं मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङकी माता रत्नमायाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत एक शोक एवं समवेदना सन्देश जारी गर्दै केसीले रत्नकुमारी पार्टीप्रति निष्ठावान र संघर्षशील व्यक्तित्व थिइन् । साथै रत्नमायाले कांग्रेसका हरेक आन्दोलनमा सक्रिय सहभागी हुनुका साथै सामाजिक सेवामा पनि अग्रणी भूमिका निर्वाह गरेको केसीले स्मरण गरे ।
सचिव केसीले रत्नमायाले जनताको हक अधिकारका लागि गरेको योगदान चिर स्मरणीय रहने उल्लेख गरे ।
रत्नमायाको राजनीतिक यात्राले कांग्रेसको पार्टी सुदृढीकरणमा विशेष भूमिका खेलेकोले पार्टीका नेता-कार्यकर्ताले उनको योगदानलाई ऐतिहासिक मान्ने भन्दै केसीले शोकसंतप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
रत्नमायाको ९१ बर्षको उमेर आज पोखराको लामाचौरमा निधन भएको हो । मादी गाउँपालिकाको थुमाकोडाँडा निवासी रत्नमाया पोखरा महानगरपालिका वडा नं. १६ बानियाँपथमा जेठा छोरा सुवेदार गम्भीरजंग गुरुङसँग बस्दै आएकी थिइन् ।
स्व. रत्नमायाको सोमबार दिउँसो १२ देखि १ बजेबीच अन्तिम श्रद्धाञ्जलीका लागि पोखरास्थित बौद्ध अर्घौँ सदनमा राखिने र १ बजे बौद्ध अर्घौं सदन प्राङ्गणमै अन्त्येष्टि गरिने बताइन्छ ।
स्व. रत्नमायाका श्रीमान एवं प्रजातन्त्र सेनानी डिल्लीजंगको यसअघि नै निधन भइसकेको छ । उनका दुई छोरा गम्भीर र देवीजंग साथै छोरीहरु महाकाली र उमाकुमारी छन् ।
Copyright © 2024 | All rights reserved.