असोज १८, २०८२, शनिबार

छोरा भेट्न जाने क्रममा गाडी दुर्घटनाः श्रीमतीको मृत्यु, श्रीमान गम्भीर


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । रामेछापको मन्थली-६ कुनौरीमा आज बिहान स्कारपियो जीप दुर्घटना हुँदा हुँदा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ भने श्रीमान गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नं ११ की ४१ वर्षीया राधा कार्की चौहान छन् ।

दुर्घटनामा उनका श्रीमान ४६ वर्षीय उत्तम चौहान गम्भीर घाइते भएका छन् ।

उनको सामुदायिक अस्पताल रामेछापमा प्राथमिक उपचार पछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार चौहान दम्पती छोरालाई भेट्न हेटौंडा जाने क्रममा बिएससी ९४६३ नम्बरको स्कार्पियो जीप सडकमा आएको पहिरोबाट तल खसेको दुर्घटना भएको हो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा परेका गाडी कामै नलाग्ने गरी क्षति भएको छ । निधन भएकी राधा स्वास्थ्यकर्मी भएको बताइन्छ । 

Copyright © 2024 | All rights reserved.