असोज १८, २०८२, शनिबार

मुस्ताङको धुम्वा खोलाले बगाउँदा बागलुङका हिमालको मृत्यु


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । मुस्ताङमा धुम्वा खोलाले बगाउँदा शुक्रबार युवक बेपत्ता भएका बागलुङको निसीखोला गाउँपालिका वडा नं ६ का २३ वर्षीय हिमाल विक शनिबार मृत अवस्थामा भेटिएका छन् । 

उनको शनिबार दिउँसो करिब ४ बजे घटनास्थलभन्दा करिब पाँच किमि तल खोला किनारमा विकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

विककाे शवको आधा भाग खोलाको बगरले पुरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

विक उनी मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं ५ फेन्ताङस्थित इको ब्रो कृषि फार्ममा विगत छ महिनादेखि कार्यरत थिए ।

शुक्रबार श्रीमतीसहित पाँच जनाको समूह कोभाङ फेदी जङ्गलमा च्याउ टिप्न जाने क्रममा धुम्बा खोला तर्ने क्रममा अचानक खोलाको पानीको बाहव बढ्न गई विकलाई खोलाले बगाएको थियो ।

Copyright © 2024 | All rights reserved.