भदौ ०४, २०८२, बुधबार

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हालसम्मकै उच्च विन्दुबाट आज सुनको भाउ सामान्य घटेको छ ।

आज आइतबार छापावाला सुनको भाउ तोलामा दुई सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

यसअघि शुक्रबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । 

आज पोखरा बजारमा सुनको भाउ एक लाख ९९ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ । 

यता आज असली चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँ बढेको छ । जस अनुसार आज चाँदीको भाउ प्रतितोला दुई हजार तीन सय ३० रुपैयाँ कायम भएको छ । 

शुक्रबार चाँदी प्रतितोला दुई हजार तीन सय २५ रुपैयाँ कामय भएको थियो । 

आज पोखरामा चाँदी प्रतितोला दुई हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 

Copyright © 2024 | All rights reserved.