भदौ ०४, २०८२, बुधबार

पोखरा ट्रेड मलमा किनमेल गर्दा ५० प्रतिशतसम्म छुट पाइने


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा ट्रेड मलले १३औँ वार्षिकोत्सवको अवसरमा सामन खरिदमा ५० प्रतिशतसम्म छुट दिने भएको छ ।

मलले वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड सपिङ फेस्टिवल’ अन्तर्गत पाँच सय रुपैयाँदेखि माथिका सामान खरिदमा उक्त छुट दिइने पोखरा ट्रेड मल एन्ड हाउजिङका अध्यक्ष मीनराज काफ्लेले जानकारी दिए ।

‘मल २०७२ असोज २६ देखि औपचारिक रुपमा सञ्चालनमा आए पनि हामीले प्रालि दर्ता भएको दिनमा वार्षिकोत्सव मनाउँदै आएका छौं,’ उनले भने ।

यो पटक हामीले ग्राहक लक्षित कार्यक्रमअन्तर्गत छुट दिइने उनले बताए ।

यो अफर साउन २५ देखि सुरु भएको भदौ ४ गतेसम्म १० दिन चल्ने अध्यक्ष काफ्लेले बताए ।

मलमा रहेका व्यावसायीको सहकार्यमा उक्त अफर ल्याएको उनले सुनाए । साथै, मलमा नयाँ व्यवसाय गर्न चाहने व्यवसायीका लागि ६ सयदेखि १२ सय वर्ग फिटसम्मको स्थान उपलब्ध गराउन सकिने पनि उनले बताए ।

वार्षिकोत्सवमा यसभन्दा अघि रक्तदान, विद्यालयस्तरीय वक्तृत्वकला, छात्रवृत्ति, उत्कृष्ट व्यवसायी सम्मान कार्यक्रम गर्दै आएको मलले यो पटक ‘ग्रान्ड सपिङ फेस्टिभल’ अन्तर्गत छुटको कार्यक्रम ल्याएको उनले बताए । आगामी वर्ष ग्राहक लक्षित अझै रचनात्मक र सृजनात्मक कार्यक्रम गर्दै गर्दै जाने उनको भनाइ छ । 

Copyright © 2024 | All rights reserved.