भदौ ०४, २०८२, बुधबार

अटोमोवाइल क्षेत्रको इनोभेसनका लागि मोटरिङ एकेडेमी


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । अटोमोवाइल, दिगो सडक तथा सुरक्षित यातायातको क्षेत्रमा अध्ययन, अनुसन्धान, सैद्घान्तिक र प्राविधिक तालिम तथा स्किल ट्रान्सफर्मेसन जस्ता कार्यका लागी मोटरिङ एकेडेमीको सुरुवात गरिएको छ ।

गत साउन १७ र १८ गते काठमाडौंमा आयोजित ‘पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी’ को अवसरमा अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआइए)का उपाध्यक्ष ग्रेग क्राफ्ट, स्वदेशी तथा विदेशी विश्वविद्यालयका प्रतिनिधि तथा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उपस्थितिमा सो एकेडेमीको घोषणा गरिएको हो । 

मोटरिङ्ग नेपाल तथा नेपाल अटोमोबाइल्स एसोसिएसनले अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआइए), अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआइएम), अन्तर्राष्ट्रिय रोड फेडेरेसन (एफआरएफ) तथा अन्तर्राष्ट्रिय पावरबोट युनियन (युआइएम) जस्ता अटोमोवाइल, सडक तथा यातायात श्रेत्रका अन्तर्राष्ट्रिय फेडेरेसनहरुसंग समेत सहकार्य गर्ने गरी काठमाडौंमा ‘मोटरिङ एकेडेमी’ सुरु गरिएको हो । 

मोटरिङ एकेडेमीले इनोभेसन, रेसिङ, राइडिङ, ड्राइभिङ र टुरिङ सम्बन्धी सीप विकासलाई प्रवद्र्धन गर्ने, सुरक्षा बढाउने र मोटरस्पोट्र्सप्रतिको रुचि तथा उत्साहलाई प्रोत्साहन गर्ने उद्देश्य छ ।

मोटरिङ एकेडेमीले सवारी साधन मर्मत, सुरक्षा र उन्नत ड्राइभिङ प्रविधिसम्बन्धी पाठ्यक्रम सञ्चालन गर्नेछ, जसको उद्देश्य सडक दुर्घटना कम गर्नु र सवारी साधनको मर्मतसम्बन्धी सचेतना बढाउनु रहेको छ ।

रेसिङ अन्तर्गत यसको सीप विकास, सेफ्टी ट्रेनिङ, ट्यालेन्ट पहिचान र नेटवर्किङलगायतका कार्य हुनेछ ।  मोटरिङ एकेडेमीले मोटरस्पोर्ट इन्जिनियरिङ, रेसिङ्गका प्रविधि तथा रणनीति र उन्नत ड्राइभिङ प्रविधिसम्बन्धी विशेष पाठ्यक्रम उपलब्ध गराउनेछ, जसको लक्ष्य प्रतिस्पर्धात्मक रेसिङमा सेफ्टी कल्चरलाई प्रोत्साहन गर्नु र ट्र्याकमा सहभागीको सीप अभिवृद्धि गर्नु समेत रहेको छ ।
ड्राइभिङ ट्रेनिङअन्तर्गत व्यापक शिक्षा, लाइसेन्सको तयारी, अनुकूलित शिक्षा, सुरक्षित ड्राइभिङ प्रवर्धन लगायतका कार्य हुनेछ भने राइडिङ कोर्सअन्तर्गत राइडर सेफ्टी, टेक्निकल स्किल डेभलपमेन्ट, कम्युनिटी बिल्डिङ र उत्तरदायी ड्राइभिङ विकासलगायतका कार्य हुने बताइन्छ । 

टुरिङ क्रियाकलापअन्तर्गत अनुभव आदानप्रदान, सीप सुधार, सांस्कृतिक अन्वेषण, सामुदायिक सहभागितालगायतका कार्य हुनेछन् । 

यी सबै कार्यका लागि एक व्यवस्थापन समिति रहने छ । समितिको नेतृत्व ई. महेश अधिकारीले गर्नेछन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट एक जना, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) बाट एक जना, मोटरिङ नेपालबाट एक जना, एक जना विज्ञ सदस्य र एक जना व्यवस्थाक सहित ७ जनाको एक समिति रहने छ । यसले सम्पूर्ण नीतिगत, व्यवस्थापकीय र दैनिक कार्य सञ्चालन गर्नेछ । 

विश्वका अटोमोबाइल क्षेत्रमा एफआईए इन्स्टिच्युट तथा एफआईए फाउन्डेसन, एफआईएम एकेडेमी, युआईएम एकेडेमीलगायतका विभिन्न अध्ययन अनुसन्धानसँग सम्बन्धित संस्थाले यो क्षेत्रमा कार्य गरिरहेको सन्दर्भमा नेपालमा प्रस्ताव गरिएको यो एकेडेमीले इनोभेसन, डाइभ टुरिजम, रेसिङ लगायतको संयोजन गर्नेछ ।

एकेडेमीको सुरुवातका लागि एफआइएमको पाँच हजार यूरो सहयोग भएकोमा नेपाल अटोमोवाइल्स एसोसिएसनले ५० लाख बराबरको सामग्री सहयोग गर्ने जनाएको छ ।  

नेपालमा समेत काठमाडौँ विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थान, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान जस्ता एकेडेमिक संस्था तथा केही निजी क्षेत्रबाट समेत रिसर्च कार्य भएका छन् ।

एफआइए, एफआइए फाउण्डेसन तथा एफआइएम र यीनका सदस्यहरुले धेरै अध्ययन अनुसन्धान गरेका छन् । थुप्रै देशका अटोमोवाइल फेडेरेसनले समेत रिसर्च, डेभलम्पेन्ट र इनोभेसनका लागि महत्वपूर्ण कार्य गरिरहेको छन् ।

नेपालको अटोमोवाइल क्षेत्रमा आवश्यक मात्रामा अध्ययन अनुसन्धान भएको छैन । यही अवस्थालाई मध्यनजर गर्दै एकेडेमीको स्थापना गरिएको हो ।  

एकेडेमीको सचिवालय संचालनका लागि मोटरिङ्ग नेपालले गर्नेछ, जुन नेपालको अटोमोवाइल क्षेत्रको एउटा सामाजिक संस्था हो र नेपाल अटोमोवाइल्स एसोसिएसनको एसोसिएट मेम्बरसमेत हो ।
 

Copyright © 2024 | All rights reserved.