0
प्रतिक्रिया
पोखरा । पोखरालगायत देशभरका नेवार समुदायले आफ्नो महत्त्वपूर्ण सांस्कृतिक पर्व गाईजात्रा मनाएका छन् ।
पर्वका अवसरमा टोल टोलबाट मृतक आफन्तको सम्झनामा गाईको प्रतिकात्मक रूप धारण गरी जात्रा निकालिएको छ ।
यो जात्रा नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्रशुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट पर्दछ ।
वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यो पर्व नेवार समुदायले निकै महत्वका साथ मनाउने गर्दछन् ।
पोखराको रामकृष्णटोल, गणेशटोल, नालामुख, भीमसेनटोल, भैरवटोल मोहोरियाटोल, तेर्सापट्टी लगायत नेवार समुदायको बसोबास रहेका टोल तथा बस्तीमा आज धूमधामका साथ गाइजात्रा पर्व मनाइएको छ ।
यो चलन प्रताप मल्लका छोरा चक्रप्रतेन्द्र मल्लको मृत्युपछि सुरु भएको इतिहाँस छ। छोराको निधनपछि शोकमा डुबेकी रानीलाई शहरमा वर्षभरी कति जनाको आफन्तको मृत्यु भयो र कति जना शोकमा छन् भनि सान्त्वना दिन यो जात्राको सुरु गराएको विश्वास गरिन्छ। गाइजात्रा पर्वलाई समाजमा व्याप्त विकृति र विसंगति विरुद्ध व्यंग्य गने पर्वका रुपमा पनि लिइन्छ।
Copyright © 2024 | All rights reserved.