भदौ ०४, २०८२, बुधबार

नवलपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुवै चालकको मृत्यु


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

नवलपुर । नवलपुरको गैँडाकोटमा आइतबार साँझ सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

गैँडाकोट नगरपालिका वडा नं १० सिस्नेपुलस्थित पूर्व-पश्चिम राजमार्गमा गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको ना५ख ८४१७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु५५प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पल्टिएको हो ।

ट्रक पल्टिँदा स्कुटर चालक र ट्रक चालक दुवैको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर चालक नवलपुर कावासोती नगरपालिका वडा नं ३ का ५२ वर्षीय दलबहादुर सुनार र ट्रक चालक जिल्ला बारा परवानीपुर गाउँपालिका वडा नं १ का ३५ वर्षीय रिजवान मियाँ भएको पाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालले बताए ।

दुर्घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यलयका निरीक्षक सुदिप भण्डारीको कमाण्डमा १० जना र जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालको कमाण्डमा १५ जनाको टोली उद्धारमा खटिएको थियो ।

दुवै जनाको शव चितवनको भरतपुर अस्पतालमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.