साउन २७, २०८२, सोमबार

पोखरामा वर्षा जारी, गण्डकीसहित चार प्रदेशमा भारी वर्षा हुने


Advertisement Image
clock icon 6 hours, 11 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। पोखरामा आज बिहान ७ः५० बजेसम्म वर्षा भइरहेको छ । पोखरामा शुक्रबार रातिदेखि सुरु भएको वर्षा शनिबार र आज पनि निरन्तर भइरहेको छ । 

पोखरामा आज बिहानको तापक्रम २२ डिग्री सेल्सियस रहेको छ भने अधिकतम् २९ डिग्री पुग्ने अनुमान छ ।

आज पोखरामा बिहान ८ देखि ९ बजे, दिउँसो १२ बजे, साँझ ५ देखि ६ बजे र राति ८ देखि ९ बजेबीच वर्षा हुने अनुमान गरिएको छ । 

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ।

गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

सोमबार देशका पहाडी भू-भागका धेरै स्थानमा र मधेस प्रदेश लगायत देशका बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

भारी वर्षा हुने स्थानमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन तथा देशभर मनसुनको  प्रभाव रहिरहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा महाशाखाको अनुरोध छ । 

Copyright © 2024 | All rights reserved.