साउन २७, २०८२, सोमबार

लेखनाथ लायन्समा पदस्थापन


Advertisement Image
clock icon 5 hours, 31 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

लेखनाथ । लायन्स क्लब अफ लेखनाथको अध्यक्ष बोधराज लामिछाने नेतृत्व टिमको पदस्थापन भएको छ ।

उनीहरुलाई लायन्स ईन्टरनेशनल ३२५ आईकी डिष्ट्रिक्ट गभर्नर पार्वती खरेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराइन् ।

क्लबको प्रथम उपाध्यक्ष डमरुबल्लभ चापागाइँ, द्वितीय उपाध्यक्ष चिरञ्जीवी तिवारी, तृतीय उपाध्यक्ष महेन्द्र सिग्देल, सचिव केदारनाथ लामिछाने, कोषाध्यक्ष विष्णुबहादुर सुनार, सहसचिव सुन्दर ढकाल, प्रशासक भुवन श्रेष्ठ तथा सदस्य डा. प्रकाश भट्टराई, ओमप्रकाश पौडेल, शिवप्रसाद लामिछाने, रविलाल सुवेदी, सूर्यप्रसाद तिवारी, शिवप्रसाद बास्तोला छन् ।

उक्त अवसरमा वर्ष २०२४/२५ का अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले आफ्नो कार्यकालमा भए गरेका विभिन्न गतिविधि बारे जानकारी गराएका थिए भने बर्ष २०२५/२६ का अध्यक्ष बोधराज लामिछानेले आगामी योजना र कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा लायन्स ईन्टरनेशनल ३२५ आईका पूर्व डिष्ट्रिक्क गभर्नर राम बसेल, निवर्तमान गभर्नर विनोद ढुंगानालगायतले बोलेका थिए ।

क्लब अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन सचिव तुलसी सापकोटाले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.