0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका भरिकै ज्येष्ठ नागरिक नगर पिता नन्दलाल दाहालको १०६ वषर्को उमेरमा निधन भएको छ ।
विगत २० वर्षदेखि पोखरा महानगरपालिका वडा नं १७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा आश्रित दाहालको १०६ वर्षको उमेरमा वृद्धाश्रममा नै निधन भएको पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए ।
दाहाललाई पोखरा महानगरपालिकाले गत वर्ष ज्येष्ठ नगर पिताको रुपमा सम्मान गरेको थियो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका लाहाचोकमा जन्मिएका दाहाल सानै उमेरदेखि बेसहारा अवस्थामा पोखरा महानगरपालिका वडा नं २१ निर्मल पोखरीस्थित अशोक र भरत रायमाँझीको परिवारको संरक्षणमा बस्दै आएकोमा पछिल्लो २० वर्ष यता रायमाँझी परिवारकै सहयोगमा दाहाल पोखरा वृद्धाश्रममा बस्दै आएको अशोक रायमाँझीले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.