साउन २७, २०८२, सोमबार

सृष्टि र सिद्धार्थलाई नृत्य संग्रामको उपाधि


Advertisement Image
clock icon 4 hours, 49 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नृत्य संग्रामको उपाधि सृष्टि गुरुङ र सिद्धार्थ विकले जितेका छन् ।

बिटुडी डान्स स्कुलको आयोजनामा शनिबार भएको ग्राण्ड फिनालेमा सिनियरतर्फ गुरुङ र जुनियरतर्फ विकले उपाधि जितेका हुन् ।

सिनियरतर्फ सपुन सर्मल दोस्रो, निकिशा चौधरी तेस्रो, अस्मिन पोखरेल चौथो र जेनी सेन्चुरीले पाँचौ स्थानमा हासिल गरे ।

पहिलो हुनेले ७० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने २० हजार रुपैयाँ प्राप्त गरे ।

जुनियरतर्फ दिप्सिका गुरुङ दोस्रो, आस्रिया केसी तेस्रो, प्रिन्सेस गुरुङ चौथो र संस्कृति पाण्डे पाँचौ भए ।

प्रथम हुनेले ५० हजार, दोस्रो हुनले ३० हजार र तेस्रो हुनेले २० हजार पाए । वेष्ट कोरियोग्राफरको अवार्ड अमृत सुनारले जिते ।

भारतीय चर्चित डान्स शो इन्डिया वेस्ट डान्सर सिजन-३ का विजेता समर्पण लामा, हिप हप इन्डियाका डान्सर नोर्बु तामाङ र बिटुडी ड्रेस सेन्टरका सञ्चालक स्मृति गुरुङ तामाङले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा प्रि अडिशन राउण्डमा एक हजार बढी सहभागी थिए । अडिशन राउण्डमा भने तीन सय जना पुग्न सफल भएका थिए । 

मेगा अडिशनका लागि एक सय ७० जना छनोट हुँदा सेमिफाइनलमा ६९ जनाले प्रतिस्पर्धा गरेका हुन् । ग्राण्ड फिनालेमा सिनियरतर्फ १२ र जुनियरतर्फ २० जनाबीच प्रतिस्पर्धा भएको थियो ।

Copyright © 2024 | All rights reserved.