साउन २७, २०८२, सोमबार

मुस्ताङको ऋषि गुम्बा नगेन सिंहको क्यानभासमा


Advertisement Image
clock icon 4 hours, 24 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । प्राज्ञ नगेन सिंह ठकुरीले मुस्ताङ जिल्लाको मार्फामा पुगेर आफ्नो क्यानभासमा थकाली जातिको भगवान ऋषि गुम्बा आफ्नो क्यानभास उतारेका छन् ।

नेपाललाई विश्वको उत्कृष्ट गन्तव्य बनाउने महाअभियानका क्रममा उनले मुस्ताङको मार्फामा पुगेर आफ्नो त्रिकाण क्यानभासमा भगवान ऋषि गुम्बा उतारेका हुन् ।

ठकुरीले केही अघि गुल्मीको मुसीकोट दरबारलाई आफ्नो क्यानभाषमा उतारेका थिए ।

नेपाल वेदको सार, बुद्धको वाणी, ग्यालिलियो, न्यूटन, आइन्सटाइनका जस्तै सिद्धान्त, देवकोटाको जस्तै आँशुलेखन, भीमसेनको जस्तै स्वाभिमान अनि अरनिकोजस्तै कलाले सजिएको प्राज्ञिक भूमि भएकाले विश्वको उत्कृष्ट गन्तव्य बनाउने महाअभियानअन्तर्गत भगवान ऋषि गुम्बा आफ्नो क्यानभाषमा उतारेको बताए ।

ठकुरी भन्छन्, “हामी सुस्ताएका छैनौँ, हामी ऊर्जाशील थियौँ, ऊर्जाशील छौँ र ऊर्जाशील नै रहने छौँ ।’

उनले नेपाल कला यात्रा पुस्तक प्रकाशन गर्न लागेको समेत बताए । सगरमाथा जस्तै गर्विला हाम्रा पाइला सङ्घर्ष र सफलताका घोषणा गरेको १४औँ वसन्त पार गरेको र नेपाल कला यात्रा पुस्तक पस्कन लाग्दा अशिम आनन्दको अनुभूति भएको उनले बताए । 

नेपालको ७७ वटै जिल्लाका विभिन्न ठाउँको चित्रकला सिर्जना गरिएको कलाकृति विश्वको सबै भाषामा रंगीन पुस्तक ‘नेपाल कला यात्रा’ प्रकाशन गरी हरेक देशको विश्वविद्यालय र पुस्तकालयमा कम्तीमा पाँच सय प्रति निःशुल्क वितरण गर्ने उनको लक्ष्य छ । जसले गर्दा विदेशी नेपाल घुम्न आउने र नेपालमा विकास भई नेपाली सम्मुन्नततिर जाने उनको विश्वास छ ।

ठकुरीलाई राष्ट्रपतिद्वारा प्रवल जनसेवाश्री मानपदवीद्वारा २०८० वैशाख १ गते विभूषितसमेत गरिएको थियो । 

साथै ठकुरी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको २०७१ मा प्राज्ञ सभा सदस्य, २०७४ स्वर्ण पदक, अरनिको युवा पुरस्कार (राष्ट्रिय युवा कोष),२०६९ दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी, नाफा (पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार), २०५९ सान्त्वना पुरस्कार पेन्टिङ प्रतियोगिता, नेपाल कमर्सियल आर्टिस्ट संघ केन्द्रीय समितिका साथै र दर्जनौँ पटक सम्मानित भइसकेका छन् । कला विषयमा स्नातकोत्तर ठकुरीले १२ पटक एकल कला प्रदर्शनी गरिसकेका छन् ।

Copyright © 2024 | All rights reserved.