0
प्रतिक्रिया
सुनसरी । सुनसरीमा आज बिहान सवारी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।
मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं ३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा काँकडभिट्टाबाट दिक्तेलतर्फ आउँदै गरेको मे१ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट गइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस एकापसमा ठोक्किएका जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
घाइतेहरुको इनरुवा, विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका-१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।
Copyright © 2024 | All rights reserved.