साउन २७, २०८२, सोमबार

बसमै अचेत भएका पोखराका गुञ्जबहादुरको तनहुँमा मृत्यु


Advertisement Image
clock icon 5 hours, 14 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । बसबाट अचेत अवस्थामा झारिएका पोखराका एक वृद्ध व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं ३२ मालागिरीका करिब ७० वर्षीय गुञ्जबहादुर विक छन् ।

विकलाई पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौँडामा अचेत अवस्थामा बसबाट झारिएको थियो ।

लगत्तै उनलाई उद्धार गरेर जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगेकामा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए ।

प्रहरीका अनुसार पोखराबाट दुलेगौंडातर्फ गइरहेको बसमा विक अचेत भएका थिए । 

उनी तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ६ वयामस्थित छोरीको घरमा बस्दै आएका थिए ।

गगनगौंडाबाट उनी बन्केवाचोकका लागि बस चढेका थिए । बसमा केही पटक बान्ता गरेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् । त्यसपछि उनी ढलेका थिए । 

Copyright © 2024 | All rights reserved.