साउन २७, २०८२, सोमबार

पोखरा विश्वविद्यालयमा स्नातक तहमा मेकानिकल इञ्जिनियरिङ पढाइने


Advertisement Image
clock icon 5 hours, 14 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा मेकानिकल इञ्जिनियरिङ विषयको पढाइ सुरु गरेको छ । विश्वविद्यालयले पाठ्यक्रम तयार गरी पहिलो पटक भर्नाका लागि अनलाइन आवेदन खुला गरेको हो । 

विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डीन सहप्राध्यापक बुद्धिराज जोशीका अनुसार समयसापेक्ष नवीन प्रविधिको पठन-पाठन गराउने लक्ष्यअनुसार मेकानिकल इञ्जिनियरिङको सुरुवात गरिएको हो। 

भर्ना समिति संयोजक सुरेश बरालले स्वदेशमै गुणस्तरीय शिक्षा दिने र बढ्दो जलविद्युत्, ऊर्जा तथा औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा यो कार्यक्रमले सहयोग पु¥याउने बताए ।

पाठ्यक्रममा आधुनिक प्रविधि जस्तै: अटोमेसन, रोबोटिक्स, इन्डस्ट्री ४दशमलव० र मेसिन लर्निङ जस्ता विषयलाई पनि समावेश गरिएको उपप्राध्यापक ऋषभ खनालले जानकारी दिए ।

विश्वविद्यालयले विभिन्न संकायमार्फत शैक्षिक कार्यक्रम संचालन गर्दै आएको छ । यसअन्तर्गत व्यवस्थापन संकायमा बीबीए, बिएचएम, एमबीए; मानविकी तथा सामाजिक विज्ञान संकायमा विकास अध्ययन, अंग्रेजी; स्वास्थ्य विज्ञान संकायमा नर्सिङ, फार्मेसी, जनस्वास्थ्य; र विज्ञान तथा प्रविधि संकायमा कम्प्युटर, सिभिल, इलेक्ट्रिकल इञ्जिनियरिङ लगायतका विषयमा पढाइ हुँदै आएको छ । 
 

Copyright © 2024 | All rights reserved.