0
प्रतिक्रिया
पोखरा । बेनी-जोमसोम सडकखण्डमा अब रातको समयमा सवारी सञ्चालन रोकिने भएको छ ।
मनसुनजन्य प्रभावका कारण यस सडकमा बाढी पहिरोको जोखिम कायमै रहेकोले रातको समयमा सवारी आवागमन रोकिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसाले अर्को सूचना जारी नभएसम्मका लागि मंगलबारदेखि हरेक दिन साँझ ६ देखि भोलिपल्ट बिहान ५ बजेसम्मका लागि सवारी साधन सञ्चालन पूर्ण रुपमा बन्द गरिएको जानकारी दिए ।
प्रजिअ भुसालका अनुसार म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसासम्मको सडकमा सवारी रोक लगाइएको हो ।
यस्तो छ सूचना
Copyright © 2024 | All rights reserved.