0
प्रतिक्रिया
पोखरा । नवआदर्श सामुदायिक विकास समाज भन्नेबित्तिकै पोखरामा सामाजिक क्षेत्रमा क्रियाशील संस्था भन्ने सहज चिनारी छ ।
सोही संस्थाको नियमित कार्यक्रम लामाचौर तीज महोत्सवलाई हिमश्री फुड्सले पनि साथ दिने भएको छ ।
महोत्सवको मुख्य इभेन्ट खुला पुरुष भलिबल प्रतियोगिताको टाइटल स्पोन्सर सम्बन्धमा नवआदर्श र हिमश्री फुड्सबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा आयोजक तर्फबाट अध्यक्ष दिनेश भण्डारी र हिमश्रीतर्फबाट महाप्रबन्धक शिव गिरीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
हिमश्री फुड्सकै मुख्य प्रायोजनमा पोखरामा २४ वर्षदेखि आहारारा पोखरा गोल्डकप चलिरहेको छ । रारा चाउचाउ हिमश्रीको मुख्य उत्पादन हो ।
नवआदर्शले आगामी भदौ ८ देखि १० गतेसम्म २९औं वार्षिकोत्सव समारोह एवं २७औँ लामाचौर तीज महोत्सव गर्दैछ ।
लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावि परिसरमा हुने कार्यक्रममा विविध सांस्कृतिक एवं खेलकुदका गतिविधि हुनेछन् ।
भलिबलको अर्को इभेन्ट अन्तरमावि छात्रा भलिबललाई एक्सपर्ट एजुकेशनले टाइटल स्पोन्सर गरिसकेको छ ।
महोत्सव पहिलो दिन अन्तरमहिला समूह तीज गीत प्रतियोगिता सुरु हुनेछ भने दोस्रो दिन विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने अध्यक्ष भण्डारीले बताए ।
Copyright © 2024 | All rights reserved.