साउन २८, २०८२, मंगलबार

रवि लामिछानेलाई थुनामै राख्ने आदेश


Advertisement Image
clock icon 3 hours, 48 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामै रहने भएका छन् । रुपन्देही जिल्ला अदालतले उनलाई थुनामै पठाउन आदेश दिएको हो । 

न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार यस्तो आदेश गरेको हो । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका रविले आफ्नो भागमा लगाइएको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत राखेर थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने गरेको मागमा अदालतले उनलाई थुनामै पठाउने आदेश गरेको हो । 

गत साउन १९ गते अदालतमा निवेदन दिँदै उनले आफू सहकारी ठगीमा संलग्न नभएको तर बचतकर्ताको रकम फिर्ताको सुनिश्चितताका लागि सहयोग गर्न तयार रहेको जिकिर गरेका थिए ।

यसअघि गत मंगलबार र बुधबार रवि आफैँले पेशी स्थगित गराएका थिए । यसपटक भने पेशी चढेसँगै उनको मागमा आदेश आएको हो । 

यसअघि न्यायाधीश प्रह्लादकुमार योगीले जिल्ला अदालतको शुरू मुद्दामा रविलाई एक करोड धरौटीमा छुट्न आदेश दिएका थिए । 

बुटबलको सुप्रिम सहकारीबाट विभिन्न व्यक्तिको नाममा ६४ करोड २९ लाख रुपैयाँ ऋण प्रवाह भएकामा रविको नाममा २ करोड ऋण प्रवाह भई कर्मचारी रोशनी गुरुङको नामबाट गोर्खा मिडियोमा डिपोजिट भएको थियो । 

जसलाई फर्जी कागजातका आधारमा निकालिएको ऋण भनी लामिछानेले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए ।

तर अहिले आएर उक्त रकम दाखिला गरेसँगै उनले अभियोग स्वीकार गरेको स्वीकार गरेको स्पष्ट देखिन्छ । अभियोगपत्र अनुसार, सुप्रिम सहकारीबाट गोर्खा मिडिया प्रालिमा करिब साढे ६ करोड रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ । 

रवि २०७७ साल कार्तिक २ गतेदेखि २० महिना गोर्खा मिडिया प्रालिमा आवद्ध भएर प्रवन्ध निर्देशक, सञ्चालक र शेयरधनीसमेत भएकाले सुप्रिम सहकारीमा भएको हिनामिनामा उनीमाथिसमेत मुद्दा चलेको हो ।

यता उनलाई निर्दोष भएको दाबीसहित रास्वपाले हस्ताक्षर अभियानसमेत चलाएको छ । तर रवि आफैँले गल्ती स्वीकारेपछि पार्टीको अभियान के हुन्छ भन्ने अन्योल देखिएको छ । 

Copyright © 2024 | All rights reserved.