0
प्रतिक्रिया
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ साउन २७ गते मंगलबार, इस्वीसंवत अगष्ट १२ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रपदकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रपदकृष्णपक्षको तृतीया तिथि बिहानमा ९ः५६ बजेसम्म त्यसपछि चतुर्थी तिथि लाग्नेछ । नक्षत्रमा पूर्वभाद्रपदा दिनमा २ः०६ बजेसम्म त्यसपछि उत्तरभाद्रपदा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सुकर्म ४१ घटि ०८ पलासम्म त्यसपछि धृति योग लाग्नेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा काण रहनेछ ।
सूर्य कर्कट राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । आज दिनमान ३२ घटि ५४ पला अर्थात १३ घण्टा ११ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहानमा ५ः३३ बजे जयदेव मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझमा ठीक ६ः४३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय साँझमा ८ः४१ बजे र अस्ताउने समय भोलि बिहानमा ८ः१८ बजे रहेको छ । आज अन्तर्राष्ट्रिय युवा दिवस परेको छ ।
आजको राशिफल
मेषः आज पनि समय शुभ रहनेछ । सहयोगीहरूको साथ जुट्नेछ भने कामका बाधाहरू पनि हट्नेछन् । मिहिनेतीहरूका लागि धेरै कुरा आर्जन गर्ने समय छ । शुभचिन्तकहरूले नयाँ कामतर्फ अग्रसर गराउनेछन् । पुराना समस्याको समाधान हुनेछ । भौतिक वस्तु तथा साधन-स्रोत जुटाउन सफल भइनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । उद्योग तथा व्यापारसम्बन्धी कामबाट विशेष लाभ हुनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला ।
वृषः आज पनि समय मध्यम खालको छ । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइएला । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । पहिलेको कमजोर नतिजाले जोश-जाँगरमा कमी ल्याउन सक्छ । अध्ययनमा त्यति ध्यान दिन नसकिए पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । आफ्नै कमजोरी आत्मसम्मानमा बाधक देखापर्नेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउनेछ ।
मिथुनः आज पनि समय शुभ तथा स्वास्थ्य भरपर्दो रहनेछैन । अरूका लागि समय दिनुपर्दा आफ्नो काममा विलम्ब हुन सक्छ । केही व्यवधान भए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । ढिलै भए पनि आश मारेको कामले उत्साह जगाउनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । परिश्रम परे पनि मिहिनेतको उपलब्धि प्राप्त हुनेछ ।
कर्कटः आज कर्कट राशिका लागि आज पनि समय भरपर्दो छैन । परिस्थितिवश काममा व्यवधान हुनेछ। पहिलेको समस्या दोहोरिनाले पुरानै काममा अलमलिनुपर्ला। यात्रा गर्दा धनमाल सुरक्षामा सजग रहनुहोला । सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । अध्ययनमा समय दिन सकिनेछैन । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछ । तर उपलब्धि हातपार्न केही समय प्रतीक्षा गर्नुपर्ला ।
सिंहः आज समय शुभ छ । स्वास्थ्य ठीकठाक रहनेछ । समय लागे पनि सम्मानित काम गर्ने समय छ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसक बढ्नेछन् । सहयोगीले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । अध्ययनमा प्रगति हुनेछ । सभा-समारोहमा सहभागी बन्ने मौका छ ।
कन्याः आज पनि समय शुभ छैन, स्वास्थ्य भरपर्दो रहनेछ । विभिन्न अवसर प्राप्त भए पनि बाध्यात्मक परिस्थितिले अलमल्याउनेछ । वादविवादले काममा समस्या निम्त्याउन सक्छ । निम्तो प्राप्त भए पनि आतिथ्य औपचारिकतामा सीमित रहनेछ । मनको शंकाले रमाइलो परिवेशलाई समेत खलबल्याउन सक्छ । तर सदविचारले अभिप्रेरित हुनेहरूको दिनचर्या आनन्दमय रहनेछ । शुभचिन्तकले साथ दिनेछन् । प्रेमको बन्धन कसिनेछ ।
तुलाः आज समय खराब छ । आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला ।
वृश्चिकः आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । जे काम गर्नुछ आज थालनी गर्नुभएमा राम्रो हुनेछ । धार्मिक एवं सामाजिक कार्य पनि राम्रो हुनेछ । टाढाको यात्रा, मित्रसंगको भेटघाट पनि सुखद् हुन सक्ने देखिन्छ । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ ।
धनुः आज समय तथा स्वास्थ्य अनुकुल छैन । गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायुरोगले सताउने, खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परे पनि निराश नभई सक्रिय रुपमा आफ्नो कार्य सम्पादन गर्नुहोला । साना-साना कुरामा पनि शंका र चिन्ता गर्ने देखिन्छ । तपाईंको काम आफन्त पर्ने व्यक्तिबाट नै बिग्रने देखिनेछ । आम्दानीभन्दा खर्चले जित्ने दिन पनि छ ।
मकरः आज स्वास्थ्य सबल रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । यसअघि रोकिएका सबै काम आज पूरा हुनेछन्, समयको सही उपयोग अवश्य गर्नुहोला । टाढाको यात्रामा भने केही समस्या आउन सक्नेछ ।
कुम्भः आजको समय सबै प्रकारले शुभ रहेको छ । बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अन्यदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिस्पर्धामा तपाई नै अग्र पंक्तिमा आउनुहुनेछ । शैक्षिक परामर्श तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसलाई शिक्षाको पहुँचमा जोड्न सकिने छ । आज वंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ ।
मीनः आज समय शुभ छ । त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका काम शुरु गर्नुहोला । समय शुभ रहेकाले यसअघि अवरोध भएका काममा अब सुधार हुदै जानेछन् । आफन्तसँगको भेटघाटले नयाँ व्यवसायमा लगानी गर्ने वातावरण बन्नेछ । आज कृषि कर्म गर्नेतर्फ ध्यान केन्द्रित हुनेछ ।
साहित (यात्रा): सूर्य कर्कट राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः२९ बजेदेखि ७ः०९ बजेसम्म रोग बेला
बिहान ७ः०९ बजेदेखि ८ः४९ बजेसम्म उद्धेग बेला
बिहान ८ः४९ बजेदेखि १०ः२९ बजेसम्म चर बेला
बिहान १०ः२९ बजेदेखि १२ः०९ बजेसम्म लाभ बेला
दिनमा १२ः०९ बजेदेखि १ः४९ बजेसम्म अमृत बेला
दिनमा १ः४९ बजेदेखि ३ः२९ बजेसम्म काल बेला
दिनमा ३ः२९ बजेदेखि ५ः०९ बजेसम्म शुभ बेला
दिनमा ५ः०९ बजेदेखि ६ः४८ बजेसम्म रोग बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः४८ बजेदेखि ८ः०८ बजेसम्म उद्धेग बेला
साँझ ८ः०८ बजेदेखि ९ः३३ बजेसम्म चर बेला
राति ९ः३३ बजेदेखि १०ः४९ बजेसम्म लाभ बेला
राति १०ः४९ बजेदेखि १२ः०९ बजेसम्म अमृत बेला
राति १२ः०९ बजेदेखि १ः२९ बजेसम्म काल बेला
राति १ः२९ बजेदेखि २ः५० बजेसम्म शुभ बेला
रातिमा २ः५० बजेदेखि ४ः१० बजेसम्म रोग बेला
रातिमा ४ः१० बजेदेखि ०५ः३० बजेसम्म उद्धेग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।
Copyright © 2024 | All rights reserved.