असोज १८, २०८२, शनिबार

पोखरामा आज बिहान हल्का वर्षा, दिनभर कस्तो होला ?


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। पोखरामा मंगलबार बिहान ९ बजेको तापक्रम २५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम् तापक्रम ३१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । 

पोखरामा आज बिहान हल्का वर्षा भयो भने दिनभर बादल लाग्ने तर वर्षा नहुने अनुमान गरिएको छ । 

साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई नजिक रहेकाले आज देशभर मौसम बदली रहनेछ।

देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानमा र मधेस प्रदेशलगायत अन्य प्रदेशका तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा को पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति देशभर पूर्ण बदली रहनेछ। गण्डकी, मधेस, कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

विशेषगरी, मधेस, कोशी र बागमती प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ।

गण्डकी प्रदेशका पहाडी र तराई साथै लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Copyright © 2024 | All rights reserved.