0
प्रतिक्रिया
पोखरा । काठमाडौँबाट पोखरा आउँदै गरेको इभी गाडी तनहुँमा दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकका ३१ वर्षीय मोहन अधिकारी छन् ।
आँबुखैरेनी गाउँपालिका वडा नं २ चौतारामा बागमती प्रदेशको ०१-००६-ख ७२१९ नम्बरको गाडी अनियन्त्रित भई सडकमै पल्टिएको थियो ।
गाडीमा १० जना यात्रु सवार रहेकामा अन्य सकुशल रहेको प्रहरीले जनाएको छ ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।
Copyright © 2024 | All rights reserved.