साउन २८, २०८२, मंगलबार

योगले शारीरिक र मानसिक तनाव कम गराउन मद्दत गर्छ : मेयर आचार्य


Advertisement Image
clock icon 6 hours, 36 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले योगको माध्यमबाट निरोग रहन सकिने बताएका छन् ।

महिला पतञ्जली योग समिति कास्कीको आयोजनामा मंगलबारदेखि शुरू भएको सहयोग शिक्षक तालिमको उद्घाटन गर्दै मेयर आचार्यले आफूले पनि समय निकालेर योग गर्ने गरेको बताए ।

उनले योगले शारीरिक र मानसिक तनाव कम गराउन मद्दत गर्ने भएकाले योग कक्षा संचालनका लागि महानगरले सहयोग गर्दै आएको बताए ।

महिला पतञ्जली योग समिति कास्कीकी अध्यक्ष उर्मिला हिराचनले १० दिनसम्म सञ्चालन हुने तालिममा १०० भन्दा बढीले तालिम लिने अपेक्षा गरिन् । तालिममा उनले नेपाल कै पहिलो महिला साध्वी देवकृपाले प्रशिक्षण दिने बताइन् ।

पतञ्जली योग समिति प्रदेश समिति प्रभारी नरेन्द्रमान लालचनले योगको महत्वबारे चर्चा गर्दै सबैले योगलाई घरघरमा पुर्‍याउनु पर्ने बताए ।

समिति अध्यक्ष उर्मिला हिराचनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संगठन मन्त्री (सचिव) लक्ष्मी पुनले र पतञ्जली योग समिति प्रदेश संरक्षक प्रदेश संरक्षक लोकदर्शन कोइरालाले सहजीकरण गरेका थिए ।

Copyright © 2024 | All rights reserved.