0
प्रतिक्रिया
स्याङ्जा । लायन्स क्लब अफ पोखरा चौतारीले धार्मिक पर्यटन प्रवर्द्धन अभियान चलाएको छ । क्लबले पूर्वीय धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन लागि गण्डकी प्रदेशका विभिन्न धार्मिक क्षेत्रको अवलोकन भ्रमण गर्दै आएको हो ।
अभियानअन्तर्गत क्लबका सदस्यहरू स्याङ्जाको भीरकोटस्थित छाँयाक्षेत्र (छाङ्छाङ्दी) मन्दिरमा पूजाआजा तथा विविध धार्मिक गतिविधिमा सहभागी अध्यक्ष पर्शुराम पौडेलले जानकारी दिए । उक्त अवसरमा मन्दिरका लागि आर्थिक सहयोग गर्नुका साथै भावी योजनाका बारेमा छलफल गरिएको उनको भनाइ छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले छाँयाक्षेत्र राजमार्गसँगै भएकोले पनि धार्मिक पर्यटनको राम्रो सम्भावना भएको बताए । पोखरा र स्याङ्जाका धार्मिक पर्यटकीय क्षेत्रलाई जोडेर अघि लैजानुपर्नेमा उनको जोड छ ।
मन्दिरका अध्यक्ष पिताम्वर श्रेष्ठले बृहत गुरुयोजना निर्माण गरी मन्दिरको व्यवस्थापन गर्ने काम गरिरहेको जानकारी दिए ।
क्लबका पूर्वअध्यक्ष मोहनबाबु खड्का तथा शरद सापकोटा, निर्देशकहरु सञ्जिवबहादुर कोईराला, रामचन्द्र अधिकारी, विनोद पौडेल, माधवप्रसाद पौडेललगायतले पर्यटनको सम्भावना बोकेको छाँयाक्षेत्रलाई अगाडि बढाउने भन्ने बिषयमा धारणा राखेका थिए ।
छाँयाक्षेत्र मन्दिरमा महाशिवरात्री, वैशाख सक्रान्ति, श्रावण सक्रान्ति, हरिशयनी एकादशी, साउनको सोमबार, तीज, श्रीकृष्णाष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, मातातीर्थ औँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वमा विशेष मेला लाग्ने गर्दछ । सिद्धार्थ राजमार्गसँगै रहेको छाँयाक्षेत्रमा नेपालसँगै भारतका पर्यटन पुग्ने गरेका छन् ।
Copyright © 2024 | All rights reserved.