0
प्रतिक्रिया
पोखरा । ह्याप्पी नेपाल म्यानपावर नेपाल पोखराकी प्रबन्धक मीना थापा भण्डारीले आफ्नो जन्मदिन छोरेपाटनस्थित मानवसेवा आश्रममा रहेका महिलाहरूसँग मनाएकी छन् ।
आश्रमका ९४ आश्रितका लागि उनले बिहानको भोजनसहित फलफूल प्रदान गरेकी हुन् ।
नेपाली समाजमा पछिल्लो समय जन्मदिन तथा अन्य उत्सवमा फजूल खर्च गर्ने प्रचलनलाई चिर्दै उनी आश्रम पुगेकी हुन् ।
उनले आफू मनले कोमल भएकाले अशक्त र असहाय देख्दा सहयोग गरिरहन मन लाग्ने बताए ।
मानवसेवा नै संसारको सबैभन्दा ठूलो सेवा र महान धर्म रहेको भन्दै उनले जन्मदिनको अवसरमा आश्रममा सेवा गर्न पाउँदा आत्मसन्तुष्टि र खुसी मिलेको बताइन् ।
लायन्स क्लब अफ पोखरा मर्दी हिमालका सहसचिवसमेत रहेकी मीनाले मानव सेवा आश्रमले सडक मानव मुक्त गर्ने अभियानको थालनी गरेर मानवताको उदाहरणीय कार्य गरको बताइन् ।
कार्यक्रममा ह्याप्पी नेपालका कर्मचारी अशिम गिरी, हिरा गुरुङ, समला अधिकारी, सुनिता थापा, सगुन गौतम सहभागी थिए ।
Copyright © 2024 | All rights reserved.