0
प्रतिक्रिया
पोखरा । कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशिल) सम्मानित भएका छन् ।
पोखराका व्यवसायी बिमलमान गुभाजू तथा उनको परिवारद्वारा आमा स्व.नेत्रकुमारी गुभाजू तथा बाबा स्व.वेदमान गुभाजूको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले मंगलबार पत्रकार गुरुङ र श्रेष्ठलाई प्रदान गरेको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २६ औँ स्थापना दिवसका अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कार दाता बिमलमान गुभाजु र उनको परिवार, फोनिज गण्डकी अध्यक्ष खिमाकुमारी गुरुङलगायतले दोसल्ला, सम्मान पत्र र नगद २५ हजार रुपैयाँसहित पत्रकारहरुलाई सम्मान गरेका हुन् ।
अधिवक्ता सुरेन्द्र थापामगर संयोजक रहेको प्रतिभा छनोट समितिको सदस्यहरुमा फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङ, फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीषमगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर थिए ।
Copyright © 2024 | All rights reserved.