साउन ३०, २०८२, बिहीबार

रामहरि खतिवडाद्वारा सभापति पदबाट राजीनामा


Advertisement Image
clock icon 1 day, 16 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । राज्य व्यवस्था समितिबाट पारत भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको थियाे ।

प्रतिवेदन आइसकेपछि सभापति खतिवडा समेत जिम्मेवार रहेको भनेर प्रश्न उठिरहेका बेला खतिवडाले राजीनामा दिएका हुन् ।

खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा समेत रहिरहने प्रतिवद्दता जनाएका छन् ।

खतिवडाले यसअघि यस विषयमा आफ्नो कुनै गल्ती र कमजोरी नरहेको बताउँदै आएका थिए । पोखरामा केही अघि भएको एक भेलामा उनले आफूले गल्ती नगरेकाले कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पारेका थिए ।

Copyright © 2024 | All rights reserved.