0
प्रतिक्रिया
पाेखरा । एसियाली विकास बैंकको सहयोगमा पोखरा महानगरपालिका क्षेत्रमा हरित तथा सहनशीलता वित्तीय सुविधा लगानी कार्यक्रम संचालनका लागि छलफल भएको छ ।
उक्त कार्यक्रमसँग सम्बन्धित विज्ञको समूहले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल गरेको हो ।
छलफलका क्रममा जलवायु परिवर्तनका असरहरूले जनजीवनमा पारेको प्रभाव न्यूनीकरण, वातावरणमैत्री पूर्वाधार निर्माण, खानेपानीको मुहानको संरक्षण, व्यवस्थित भूउपयोग, मानव संसाधनको विकासलगायत विषयमा छलफल भएको छ ।
सो क्रममा नगर प्रमुख आचार्यले पोखरा महानगरपालिका जलवायु परिवर्तनका कारण जनजीवन तथा वातावरणमा परेको असरप्रति सचेत रहेको उल्लेख गर्दै यसका प्रभाव न्यूनीकरण गर्नका लागि थप नीतिगत व्यवस्था गरी कार्यान्वयनको चरणमा रहेको बताए ।
यसका लागि पोखरा महानगरपालिकाको समग्र मापदण्ड र प्रथम पञ्चवर्षीय ऊर्जा योजना समेत तयार गरिएको उनले बताए ।
टोलीमा विज्ञहरू डा षडानन्द लम्साल, इन्जिनियर सुमन मेहर श्रेष्ठ, सहरी पूर्वाधार इन्जिनियर पाउल अब्बे र विज्ञ लुइस हेर्नानान्डो गोमेज थिए ।
Copyright © 2024 | All rights reserved.