भदौ ०४, २०८२, बुधबार

रातोपैह्रामा पहिलो पटक सामुहिक लाखेनाच प्रदर्शन


Advertisement Image
clock icon 6 days, 13 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा पहिलो पटक सामूहिक लाखेनाच प्रदर्शन गरिएको छ । रातोपैह्रा लाखे खलः द्वारा आयोजित कार्यक्रममा विभिन्न स्थानका छ वटा लाखे नाच प्रदर्शन गरिएको थियो । लाखे नाच हेर्नका लागि विभिन्न स्थानबाट सयौँको संख्यामा दर्शक सहभागी थिए ।

पोखराका नेवार समुदायले घण्टाकर्णदेखि श्रीकृष्ण जन्माष्टमी पर्वसम्म पन्ध्र दिन प्रदर्शन गरिने यो नाचमा विशेष गरी ढोलक झ्याम्टाको जिउनै थर्किने आवाजमा मुखुट लगाएका डरलाग्दा ठूला अनुहार र झ्याप्प परेको बाक्लो कपाल भएका रातो जामा र लुगा लगाएर घँगलाको आवाज निकाल्दै बजारमा लाखे प्रस्तुत गरिँदै आएको छ । पछिल्लो समय यो नाचप्रति बालबालिका, युवा र ज्येष्ठ नागरिकसहित तिनै पुस्ताको आकर्षण बढेको छ ।

मुखुण्डो लगायर कालिकाको वस्त्रसहित सिंगारेर लाखे नचाउने गरिन्छ । भूतप्रेत नलागोस र मरेको आत्माले दुःख नदिउन् भनी यो नाच देखाउने परम्परालाई जीवित राख्ने लक्ष्यका साथ लाखे प्रदर्शन गरिएको रातोपैह्रा लाखे खलःका संरक्षक ध्रुवकुमार ठुसाजुले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं. १७ वडाअध्यक्ष राधिका शाही योगीले संस्कृतिको संरक्षणमा पोखरेली नेवार समुदायले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । बजारमा गएर हेर्नुपर्ने लाखेनाच यसवर्ष रातोपैह्रामा प्रदर्शन गर्दा स्थानीय वासिन्दालाई सहज भएको उनको भनाई थियो ।

पोखरा ८ का पूर्व जनप्रतिनिधि कृष्णमान ठुसाजुले मल्लकाली युगमा काठमाडौँ उपत्यकाबाट शुरु भएको लाखेनाच पछिल्लो समय मुलुकका नेवार समुदायको वसोवास भएका सवै स्थानमा प्रदर्शन हुने गरेको बताए ।

काठमाडौं, भक्तपुर, ललितपुरका मल्ला राजाहरुले देवी-देवता पूजा र नगरको सुरक्षासँग सम्वन्धित धार्मिक, सांस्कृतिक कार्यक्रमलाई प्रोत्साहन दिंदा लाखे नाचको परम्परा सुरु र स्थापित भएको किंवदन्ति रहेको उनले बताए।

कार्यक्रमा कुमारी नृत्य, विभिन्न समुदाय र तहका मिस नेपाल हुन सफल कलाकारद्वारा मनोरञ्जन नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.