भदौ ०४, २०८२, बुधबार

कालीखोला क्षेत्रमा भीषण पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध


Advertisement Image
clock icon 6 days, 11 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । भारी वर्षाका कारण बागलुङ नगरपालिका वडा नं १३ कालीखोला नजिकै भीषण पहिरो झर्दा कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।

रातभर वर्षा भएपछि आज बिहान ९ बजे सडक माथिदेखि पहरासहितको ठूलो पहिरो खस्दा करिडोर ठप्प भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सिधा यातायात विच्छेद भएको प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा बागलुङदेखि बुटवल, पाल्पा, भैरहवालगायतका स्थानमा पुग्ने सवारी साधनसमेत ठप्प हुँदा यात्रु अलपत्र परेका छन् ।

अवरुद्ध सडक खुलाउनका लागि प्रयास गरिए पनि वर्षा नरोकिएकाले समस्या भएको प्रहरी निरीक्षक थापाले बताए । 

प्रहरीका अनुसार कालाखोला क्षेत्रमा ठूलो पहिरो खसिरहेको छ । यातायात ठप्प हुँदा यात्रुलाई समस्या भएको छ, ठूला-ठूला चट्टानसहितको पहिरो खसेका कारण सडक खुलाउन समस्या भइरहेको छ । 

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पाँच दिन अघिदेखि अवरुद्ध सडक मङ्गलबार दिउँसो सञ्चालनमा आएको थियो ।

Copyright © 2024 | All rights reserved.