0
प्रतिक्रिया
सप्तरी । सप्तरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा तिरहुत गाउँपालिका वडा नं १ क्रिकोलका ४० वर्षीय भूपेन्द्र बिराजी यादव छन् ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार यादवलाई आफ्नै घरमा पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि भारदहस्थित भारदह अस्पतालमा पठाइएको थियो । उनको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.