भदौ ०४, २०८२, बुधबार

एन्फा महिला लिग छनोटमा कास्कीका दुईसहित १४ टोली भिड्ने ।


Advertisement Image
clock icon 6 days, 7 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गर्ने महिला लिग छनोट प्रतियोगितामा कास्कीबाट दुईसहित १४ टिम सहभागी हुने भएको छ । 

यही साउन २९ देखि शुरू हुने प्रतियोगितामा कास्कीबाट आरएस रिसोर्ट एण्ड बिच फुटबल, एनबीएम पोखरा गल्र्स एफसी सहभागी हुनेछन् ।

यसैगरी न्यूरोड टिम (काठमाडौं), विद्यार्थी फुटबल क्लब (काठमाडौं), सिन्धुपाल्चोक एफसी (सिन्धुपाल्चोक), राप्ती फुटबल क्लब (काठमाडौं), नेपाल खेलकुद क्लब (रौतहट), लम्की फुटबल क्लब एण्ड ट्रेनिङ सेन्टर (कैलाली), झापा एफसी (झापा), एफसी रियले (भक्तपुर), चर्च ब्वाइज युनाइटेड (ललितपुर), छहरी युवा क्लब (काठमाडौं), बुटवल लुम्बिनी एफसी (रुपन्देही), संकटा फुटबल क्लब (काठमाडौं) सहभागी हुने एन्फाले जनाएको छ ।

प्रतियोगिताबाट कुल पाँचवटा टोलीहरु एन्फा महिला लिगको लागि छनोट हुनेछन् । सहभागी १४ टिमलाई दुइ समूहमा विभाजन गरिएको छ । हरेक टिमले आफ्नो समूहमा छवटा खेल खेल्नेछन् । 

दुवै समूहको विजेता र उपविजेता टिम स्वतः एन्फा महिला लिगको लागि छनाट हुनेछन् भने समूहको तेस्रो स्थानका टिमहरुबीच एक नकआउट खेल खेलाई विजेता टिम छनोट गरिनेछ । प्रतियोगितामा कुल ४३ खेल हुनेछन् । 

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगिताका खेल एन्फा कम्प्लेक्स खेल मैदान र च्यासलस्थित च्यासल रंगशालामा हुनेछन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरिसकेको शाहले बताए ।

Copyright © 2024 | All rights reserved.