0
प्रतिक्रिया
पोखरा । बुटिक एशोसिएशन नेपालले ‘पोखरा डिजाइनर्स फेशन वीक-२०२५’ आयोजना गर्ने भएको छ ।
कार्यक्रम यही साउन ३० गते शुक्रबार पोखरा-६ बुलौंदीस्थित पोखरा ईभेन्ट सेन्टरमा हुनेछ ।
कार्यक्रममा स्थानीय तथा राष्ट्रिय डिजाइनरको नयाँ कलेक्सन प्रस्तुत हुनेछ ।
फेसन वीकमा स्थानीय कपडा, परम्परागत ढाँचा र आधुनिक सिर्जनशलीतालाई संयोजन गरी आकर्षक फेशन प्रस्तुत गरिने एशोसिएशनकी सचिव कमला गुरुङले जानकारी दिइन् ।
कार्यक्रमले डिजाइनरहरूलाई आफ्नो सिर्जनशील कला, नयाँ संग्रह र ट्रेन्डहरू प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।
फेसन उद्योगको प्रवर्द्धन, नेटवर्किङ र बजार पहुँच विस्तारमा समेत मद्दत गर्ने अपेक्षा गरिएको संस्थाकी अध्यक्ष ईन्दिरा लामिछानेले जानकारी दिइन् ।
कार्यक्रममा सुष्मा थापा पाण्डे, सपना गुरुङ घले, इन्दिरा लामिछाने, सोयत्त भट्टराई लम्साल, कमला गुरुङ, अमित बराल, शान्ति श्रीश मगर, रेणु सुब्बा, रीना श्रेष्ठ, सृजना श्रेष्ठ, अस्मी गुरुङ, शोभा गुरुङ, मञ्जु क्षेत्री र कल्पना गुरुङलगायतका फेशन डिजाइनर सहभागी हुने बताइन्छ ।
कार्यक्रमको शो टपरमा करिश्मा मानधर, अञ्जना बराइली, सनिशा भट्टराई, राजकुमार सिंह, कृशल श्रेष्ठ, शुभेक्षा खड्का, मिरा कक्षपति र प्रेरणा लामालगायतका कलाकार सहभागी हुनेछन् ।
संस्थाकी अध्यक्ष लामिछानेले नेपाली फेशन उद्योगलाई विश्व बजारमा चिनाउन यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।
संस्था पहिरन तथा फेशन डिजाइन क्षेत्रमा पेशागत दक्षता र व्यवसायिक हितको संरक्षणका लागि सक्रिय रहेको उनले बताइन् ।
Copyright © 2024 | All rights reserved.