भदौ ०२, २०८२, सोमबार

धादिङ समाजद्वारा ‘तीज विशेष कार्यक्रम’ आयोजना


Advertisement Image
clock icon 4 days, 7 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । धादिङ-पोखरा सम्पर्क समाजले करिब तीन दशकको इतिहासमा पहिलो पटक तीज विशेष कार्यक्रम आयोजना गरेको छ । 

हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर आयोजित कार्यक्रम यही भदौ २ गते सोमबार पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा हुनेछ । 

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक तोयनाथ सापकोटाले जानकारी दिए । 

संयोजक सापकोटाका अनुसार कार्यक्रममा सहभागी हुन धादिङ भई हाल पोखरामा रहेका सबै महिला दिदीबहिनीलाई निमन्त्रणा गरिएको छ । 

समाजका अध्यक्ष सरस्वती श्रेष्ठले तीज केवल रमाइलो र भेटघाटको पर्व मात्र नभएको भन्दै हाम्रो संस्कृतिको पहिचान र महिला एकताको प्रतीक भएको बताइन् ।

कार्यक्रमले हाम्रो आपसी सम्बन्ध अझ प्रगाढ बनाउने र नयाँ पुस्तामा सांस्कृतिक चेतना जगाउने उनको दावी छ । 

समाजका महासचिव प्रकाश दुलालले कार्यक्रमलाई व्यवस्थित र विविधतापूर्ण बनाइने बताए ।

पहिलो पटक आयोजित कार्यक्रमलाई सफल बनाउन सबैको सहयोगको खाँचो रहेको उनले बताए ।

२०५५ सालमा स्थापित समाजले पोखरामा रहेका जिल्लावासीको दुःखमा सहयोग गर्दै आएको छ ।

यसका अलवा समाजले नियमित रक्तदान कार्यक्रम, धादिङका विभिन्न विद्यालयमा शैक्षिक अक्षयकोष स्थापना, अध्ययन अवलोकन भ्रमण, समाजको चिनारी भित्तेपात्रो प्रकाशनलगायतका गतिविधि गर्दै आएको छ ।

Copyright © 2024 | All rights reserved.