0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम तीन विद्यालयलाई सहयोग गरिएको छ ।
गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताको आम्दानी स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णयबोजिम वडा नं १३ का विद्यालयलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक देवेन्द्र परियारले जानकारी दिए ।
उनका अनुसार आर्वाविजय मावि ढाँडबेँसीलाई १५ हजार, अमरज्योति आवि अमलाचौरलाई २२ हजार पाँच सय र सिमला आवि आर्वालाई १० हजार रुपैयाँ सहयोग गरिएको छ।
कुल आम्दानी रकम दुई लाख ७७ हजार पाँच सय ९१ रुपैयाँमध्ये खर्च कटाएर बचत भएको ६१ हजार तीन सय ३६ रुपैयाँ विद्यालयलाई सहयोग गरिएको आर्थिक संयोजक रामप्रसाद बरालले जानकारी दिए ।
बुधबार तीन ओटै विद्यालयमा आयोजित कार्यक्रममा खेल संयोजक अमृत परियार, श्री अधिकारी, आर्थिक संयोजक रामप्रसाद बराल, लक्ष्मणप्रसाद बराल, उपसंयोजक सुरज अधिकारी, शम्भु सिग्देललगायतको सहभागिता रहेको थियो ।
Copyright © 2024 | All rights reserved.