0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं २५ हेमजास्थित विष्णुपादुका क्लबद्वारा आयोजित तीन दिने उद्घोषण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
विशेषगरी दलित महिलाहरुलाई लक्षित गरी वडा स्तरीय महिला सञ्जालको सहयोग तथा धौलागिरी कास्की दलित सम्पर्क समाजको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा हेमजास्थित महिला समूहका प्रतिनिधिसमेत सहभागी थिए ।
कार्यक्रममा सहभागीलाई नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव एवं कुशल कार्यक्रम प्रस्तोता मधु अधिकारीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको समापन समारोहमा पोखरा महानगरपालिका कार्यपालिका सदस्य धनकुमारी पोख्रेलले बसाइसराई गरेर अन्य क्षेत्रबाट आएका समुदायले गर्दा नै हेमजा क्षेत्रको विकास भएको बताइन्।
पदीय रुपमा महिला कुनै स्थानमा पुगे पनि अधिकार सम्पन्न हुन नसकेको दुःखेसो गर्दै उनले बोल्नेकलाको विकासले आफ्नो हक अधिकारका लागि लड्न र आवाज बुलन्द गर्न मदत पुग्ने विश्वास व्यक्त गरिन् ।
धवलागिरी कास्की दलित सम्पर्क समाजका अध्यक्ष रनबहादुर सिपालीले आफ्नो आग्रहलाई स्वीकार गरेर विष्णुपादुका क्लबले तालिम आयोजना गरेकोमा आभार व्यक्त गरे ।
प्रशिक्षार्थी बबिता विक र सपना सुनारले तालिम निकै प्रभावकारी भएको र यसले आफूहरुको क्षमता वृद्धि भएको बताए ।
कार्यक्रममा पोखरा २५ का वडासदस्य तारा विश्वकर्मा, महिला सञ्जाल अध्यक्ष अप्सरा तिमिल्सिना, शिल्पी समाजका अध्यक्ष एवी खाती लगायतले बोलेका थिए ।
क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा भएकोे कार्यक्रमको संचालन सचिव हिक्मतबहादुर थापाले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.