0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल आउने भएका छन् । सरकारले विभिन्न निकायमा कार्यरत ७२ सहसचिवको सरुवा गर्ने क्रममा अर्याललाई पोखरा सरुवा गरिएको हो । अर्याल यसअघि लोकसेवा आयोगको कार्यालय जलेश्वरमा कार्यरत थिए ।
गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ८ निवासी अर्याल नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव हुन् ।
पहिलाे पटक २०७१ साल फागुनमा नेपाल प्रशासन सेवाको सहसचिव खुलामा नाम निकालेका अर्यालले २०७४ सालमा दोस्रोपटक सहसचिवको खुलामै नाम निकालेका थिए । साथै उनले २०७९ मा खुलातिर बिट मारेर आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवको लिखितमा नाम निकालेका थिए ।
उनले २०८१ को प्रशासन सेवाको आन्तरिक प्रतिस्पर्धामा लिखितमा नाम निकालेका थिए। ११ जना सहसचिवका लागि भएको प्रतिस्पर्धामा मुक्तिरामले आठौँ नम्बरमा सिफारिस भएका थिए।
महानगरमा यसअघि हेमप्रसाद आचार्यले निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हाल्दै आएका थिए ।
यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव योगेन्द्रप्रसाद दुलाललाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाइएको छ ।
यता, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका बाबुराम गौतमको गृह मन्त्रालय वा मातहत र केशवराज ढकालको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीमा भक्तपुरका प्रजिअ रमेश ढकाल आउने भएका छन् ।
यसैगरी प्रदेश नीति तथा योजना आयोगका सचिव टंक पाण्डेको अर्थ मन्त्रालयमा सरुवा भएको छ । गण्डकीकै वन तथा वातावरण सचिव जीवनाथ पोडेलको मधेश प्रदेशमा सरुवा हुँदा गण्डकीमा मोहनराज काफ्ले आउने भएका छन् ।
गण्डकीकै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा स्वास्थ्य मन्त्रालयबाट ऋषिराज आचार्यको सरुवा भएको छ । प्रदेशको पशुपंक्षी निर्देशनालयमा कार्यरत सहसचिव प्रेरणा सेढाईको संघको कृषि मन्त्रालयमा सरुवा भएको छ ।
Copyright © 2024 | All rights reserved.