0
प्रतिक्रिया
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकका २३ वर्षीय विपिन भुजेल काठमाडौंस्थित एक होटलमा मृत फेला परेका छन् ।
भुजेल काठमाडौँ महानगरपालिका वडा नं २६ गोंगबु मित्रनगरस्थित होटल नुर एन्ड रेस्टुरेन्टको कोठामा मृत फेला परेका हुन् ।
उनी गत साउन १९ गतेदेखि सोही कोठामा बस्दै आएको बताइएको छ ।
मंगलबार उनी सोही कोठाको बाथरूममा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.