0
प्रतिक्रिया
पाेखरा । बागलुङ उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी टोलीले विभिन्न जिल्ला र नगर उद्योग वाणिज्य संघका महिला उद्यमीका गतिविधि तथा कार्यक्रमको अध्ययन अवलोकन भ्रमणको क्रममा बुधबार लेखनाथ उद्योग वाणिज्य संघमा भेटघाट तथा छलफल गरेको छ।
लेखनाथ उद्योग वाणिज्य संघले उक्त टोलीको स्वागत एवं अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो।
संघको महिला उद्यमी समन्वय उपसमिति संयोजक गंगा मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुवै संघका महिला उद्यमीबीच भातृत्व, आत्मीयता र सहकार्यको वातावरणमा अनुभव साटासाट भएको थियो।
कार्यक्रममा बागलुङ महिला विकास समितिकी अध्यक्ष अर्चना कुमारी पालिखेको नेतृत्वमा आएको टोलीका सदस्यले आफ्नो जिज्ञासा राखेका थिए।
सो जिज्ञासाको जवाफसहित लेखनाथ उद्योग वाणिज्य संघका गतिविधि र योजनाबारे संघका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिएका थिए।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्य, कोषाध्यक्ष ध्रुवबाबु भट्टराई, कार्यसमिति सदस्य प्रभा पौडेल लामिछाने, पूर्व कार्यसमिति सदस्य मेनुका श्रेष्ठ, पूर्व सल्लाहकार विमला थापा बस्नेत, बागलुङ महिला विकास समिति महासचिव पिङ्गला जीसी, सल्लाहकार उषा पौडेललगायतले महिला उद्यमीका क्रियाकलापबारे मन्तव्य राखेका थिए।
कार्यक्रमको सञ्चालन संघका उपमहासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन महिला उद्यमी समन्वय उपसमिति सहसंयोजक शर्मिला श्रेष्ठले गरेकी थिइन्।
Copyright © 2024 | All rights reserved.