0
प्रतिक्रिया
पोखरा । रोटरी क्लब अफ पोखरा भ्यालीले पोखरा महानगरपालिका वडा नं १६ अर्मलास्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा झोला तथा स्टेशनरी सामग्री वितरण गरेको छ । संस्थाले वार्षिक सेवा परियोजनाअन्तर्गत उक्त सहयोग गरेको हो ।
पोखरा-१६ की वडा सदस्य मञ्जु नेपालीको उपस्थितिमा झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको हो ।
उक्त अवसरमा प्रमुख अतिथि नेपालीले रोटरीले विद्यार्थीको शैक्षिक यात्रा सहज बनाउन गरेको प्रयास प्रशंसनीय रहेको बताइन् ।
उनले शिक्षामा आवश्यक सामग्रीको पहुँच अभावले विद्यार्थीको पढाइमा असर पर्ने भएकाले यस्ता सहयोगले उनीहरूमा उत्साह र प्रेरणा थप्ने विश्वास व्यक्त गरिन् ।
समाजका सक्षम व्यक्ति तथा संस्थाले शिक्षा क्षेत्रमा हातेमालो गरेमात्र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकिने भन्दै रोटरी क्लबको सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता र निरन्तर क्रियाशीलतालाई उदाहरणीय भन्दै भविष्यमा पनि यस्ता सहयोगी कार्यलाई निरन्तरता दिन आग्रह गरिन् ।
क्लब अध्यक्ष विजयराज आचार्यले शिक्षा नै जीवन परिवर्तनको मूल आधार भएको भन्दै विद्यार्थीलाई मेहनत गर्न, इमान्दार बन्न र लक्ष्यप्रति दृढ रहन आग्रह गरे ।
उनले भने, ‘आज हामीले दिएको झोला र स्टेशनरी केवल पढाइका सामग्री मात्र होइनन्, यी तपाईंहरूको सपना बोकेका साधन हुन्, यिनको सही प्रयोग गरेर तपाईंहरूले आफ्नो भविष्य मात्र होइन, परिवार, समाज र देशको उज्यालो भविष्य निर्माण गर्न सक्नुहुन्छ ।’
उनले ग्लोवल एक्सन नेपाल, गेन रिसर्च एण्ड लर्निङ रिर्सोि सेन्टरलगायतका सहयोगी संस्थालाई धन्यवाद दिए । क्लबमार्फत शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा निरन्तर योगदान गर्न सबैसँग मिलेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा क्लबका सदस्य लक्ष्मी पाण्डे, डिल्ली शर्मा, ग्लोबल एक्सन नेपालका डाइरेक्टर श्रीकृष्ण ममैजु, विद्यालय व्यवस्थापन समिति अध्यक्ष यमनकाजी गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष नरशोभा गुरुङ प्रधानाध्यापक खिमलाल आचार्यले बोलेका थिए ।
कार्यक्रमको समन्वय कृष्णहरि पौडेलले र कार्यक्रम सञ्चालन सन्तोष भण्डारीले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.